प्रचार गर्ने दिशा पटानीको अनौठो काइदा

मुम्बई । ‘बागी २’ का मुख्य अभिनेता टाइगर श्राफकी खास साथी दिशा पटानी मिडियामा लोकप्रिय छिन् । दर्शकले उनको हट एण्ड बोल्ड ग्ल्यामरसँगै फिल्मको पनि प्रतीक्षा गर्ने गर्छन् ।

यतिबेला भने दिशाको चर्चा फिल्मका कारणले भन्दा पनि सामाजिक सञ्जालबाट गरिएको एक उत्पादनको प्रचारको हो । उनले एक उत्पादनको प्रचार गर्न हट फोटोशुट नै गराएकी छिन् ।

दिशाले उक्त प्रोडक्टको विज्ञापन गर्न बोल्ड फोटोशुट पनि गराएकी थिइन् । यही कारणले पनि अहिले दिशाको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?