कांग्रेस नेताहरुबीच केन्द्रीय समितिको आगामी बैठकबारे छलफल

लोकपथ
13
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहका नेताहरुबीच समसामयिक राजनीति र पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठक तयारी बारे छलफल भएको छ ।

सो समूहका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, अन्य नेताहरुको आज यहाँ भएको भेलामा यही माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकमा गरिने समीक्षा र समसामयिक राजनीति विषयमा छलफल भएको हो ।

साथै भेलामा निर्वाचनको परिणाम पछिको अवस्था, पार्टीका भ्रातृ र शुभेच्छुक संस्था गठन तथा पूर्णता दिने, प्रभावकारी र चलायमान बनाउनुपर्नेलगायत विषयमा छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

नेताहरुले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको विश्वासको मत, सरकारप्रतिको धारणा, आगामी दिनमा अपनाउनुपर्ने कार्यदिशालगायत विषयमा नेताहरुले धारणा व्यक्त गरेका थिए । नेताहरुले बोल्ने क्रम निरन्तर रहेको र मंगलबार पुनः भेला हुने बताइएको छ ।

भेलामा नेता डा.कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु, प्रदेश सभापति, जिल्ला सभापतिलगायत नेताहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?