२३ माघ २०७९, सोमवार

अष्ट्रेलियामा ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

२०७९,माघ,८,आईतवार २१:५३

54
Shares

काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै उनले आयोजकलाई धन्यवाद दिइन् । ‘हाम्रो कामको मूल्याङ्कन हुँदा खुसी लाग्छ । यसमा महिलाको सङ्घर्षलाई प्रस्तुत गरिएको छ’, अभिनेत्री शर्माले भनिन् । उनी अवार्ड ग्रहण गरेपछि यहीसाता नेपाल फर्कँदै छन् ।

साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमानको श्रीमतीको भूमिका उनले निर्वाह गरेकी हुन् । अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ‘ब्लड मनी’ भनिन्छ । फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन् ।

यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै छन् । सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ ले सिङ्गापुरको ओल्ड फिल्म कार्निभल, ह्वाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’ को अवार्ड जितिसकेको छ ।

अठाइस मिनेटको फिल्ममा सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति: २०७९,माघ,८,आईतवार २१:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उच्च अदालत पोखराले पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा झगडियालाई झिकाउने आदेश दिएको छ । सोमबार उच्च अदालत

काठमाडौं । कोरोना महामारीपछि सङ्गीत जगतको उत्कृष्ट अवार्ड मध्येको एक ग्रामी अवार्ड यस वर्ष लस एन्जलसमा सम्पन्न भएको छ ।

काठमाडौं । गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत तथा बिक्रम डि जोशी निर्मित फिल्म ‘हेल्लो जिन्दगी’ ले अहिलेसम्म बिभिन्न आठ वटा अन्तराष्ट्रिय

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८