१५ चैत्र २०७९, बुधबार

धरान उपमहानगरले चलायो अतिक्रमण गरिएका घरमा डोजर

२०७९,माघ,८,आईतवार २१:५८

27
Shares

धरान । धरान उपमहानगरपालिकाले वडा नं.५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ ।

धरान–५ को खार खोला र अधेरी खोलाको संगमस्थलमा बनेको एक तले पक्की घर नगर प्रहरीले आइतबार भत्काएको हो । धरान उपमहानगरपालिकाले सो क्षेत्रमा बहुजातीय रंगशाला बनाउने निर्णय गरेको थियो । सार्वजनिक जग्गामा घर नबनाउन उपमहानगरले भने पनि अटेर गरेर बनाएपछि भत्काइएको उपमहानगरले जनाएको छ ।

उक्त घर मुना चौधरी लिम्बूले बनाएको बताइएको छ । घर भत्काउन उपमहानगरले नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो । घर भत्काउने क्रममा दोहोरो झडप भएको प्रहरीले जनाएको छ । झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छन् ।

धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातीय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास हुन थालेकोले र पटक पटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण सम्पन्न गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।

पूर्ववडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीयबासी विरोधमा उत्रिएका थिए । पहिलादेखि नै सो जग्गाको भोगचलन गर्दै आएको भन्दै पूर्ववडाध्यक्ष लिम्बूले खोलाको भाग सीमाङ्कन गर्नुपर्ने पनि माग राखेका थिए । यसअघि पनि प्रहरी सो स्थानमा सो संरचना भत्काउन पुगेको थियो ।

स्थानीयबासीको विरोधका कारण घर नभत्काई फर्किएको थियो । उपनगरपालिकाले अवैधरूपमा अतिक्रमण गरेर घर नबनाउन भन्दै गत पुस १२ गते एक हप्ते सूचना टाँसेर फर्किए पनि अटेर गरेर घर बनाएपछि पुस २९ गते भत्काउन भनेर डोजरसहित नगर प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

घर भत्काउने आदेशको माग गर्दै स्थानीयबासीले विरोध गरेपछि त्यहाँबाट फर्किएको थियो । धरान उपमहानगरकाका प्रमुख हर्कराज राईले फेसबुकबाटै खोला खोली छेउछाउ जग्गा किनबेच गर्नेको नाम दिन आग्रह गरेका छन् । खोला किनारा र सरकारी जग्गामा बनाइएका सबै घरटहरा भत्काइने उनले नगरबासीलाई जनाएका दिए ।

प्रकाशित मिति: २०७९,माघ,८,आईतवार २१:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिराहा । सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि दुव्र्यवहार भएको छ । मंगलरबार मेयर श्रेष्ठलाई कार्यकक्षमा आइ मोबिल छर्किएर दुर्व्यवहार

काठमाडौं । फेसन नेटवर्क नेपालले एक कार्यक्रमको आयोजना गरेर फेसन क्षेत्रको विकास र प्रवर्धनमा सक्रिय ब्यक्तिहरुलाई सम्मानित गरेको छ ।

विराटनगर । विभागीय टिम त्रिभुवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल यूथ क्लब विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२