माओवादीले बोलायो स्थायी समिति बैठक

लोकपथ
91
Shares
{“caption”:”u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । सरकारको नेतृत्वमा रहेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आयोजना गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने कार्यक्रम तय भएको बताइएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भइसकेपछिको अवस्था, पार्टीका बाँकी काम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?