मुक्तिनाथ बिकास बैंकको दोस्रो त्रैमासिक नाफा ६२ करोड ६२ लाख

लोकपथ
39
Shares

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ६२ करोड ६२ लाख ३३ हजार सात सय १७ रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ६० करोड २४ लाख छ हजार एक सय ९७ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी छ अर्ब ४२ करोड नौं लाख दुई हजार दुई सय ७३ रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा एक खर्ब नौं अर्ब ३१ करोड ४९ लाख २५ हजार तीन सय २३ रुपैंयाँ निक्षेप संकलन गरी ९२ अर्ब १९ करोड ८६ लाख २६ हजार एक सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब चार करोड ४४ लाख ३४ हजार नौं सय ९८ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

वितरणयोग्य नाफा भने छ करोड तीन लाख ९२ हजार छ सय २९ रुपैंयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ९९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब चार अर्ब ६७ करोड ५० लाख ७२ हजार दुई सय ६३ रुपैंयाँ निक्षेप संकलन गरी ८६ अर्ब ८१ करोड १९ लाख ४८ हजार चार सय १५ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा एक अर्ब ५३ करोड २९ लाख ३७ हजार आठ सय रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ४१ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?