‘द ब्रिटिस कलेज अलुम्नाइ २०२३’ कार्यक्रम सम्पन्न

लोकपथ
13
Shares

काठमाडौं । द ब्रिटिस कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन) मा पूर्व विद्यार्थीहरुको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम सम्पन्न गरेको छ । पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिस कलेजबाट ग्रयाजुएट भएका विद्यार्थीहरुलाई नेटवर्क बनाउन र आफ्नो सम्बन्ध विस्तार गर्न भेला गरेको थियो ।

कार्यक्रममा सन् २०१५ देखि २०२२ सम्मका १०० जनाभन्दा बढी पूर्व विद्यार्थीहरु,स्टाफ, फ्याक्ल्टी र विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । लिड्स बेकेट विश्वविद्यालयका प्रतिनिधि कुनाल हल्बीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन ब्रिटिस कलेजका सिईओ राजन कडेँलले गरेका थिए ।

कडेँलले कार्यक्रमको उद्घाटन गर्दै पुराना साथीहरुसँग भेटघाट कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुले छोडेदेखि हामीले के गर्दछौँ र केकस्ता नयाँ अवसरहरु उपलब्ध गराएका छौँ भनेर देखाउने मौका मिलेको बताए ।

कार्यक्रममा कलेजका पूर्व विद्यार्थीहरु, स्कुल अफ कम्प्युटिङका तर्फबाट रविन तिवारी, सिल्क ग्रुपका सिटिओ र स्कुल अफ बिजेनशतर्फबाट सिजी होल्डिंसका कार्यकारी निर्देशक करन चौधरी, एड्मीसन्स् तथा मार्केटिङ्गका हेड अमरदिप मण्डलले मन्तव्य राखेका थिए ।

उनीहरुले पूर्व विद्यार्थीहरुसँगको सम्बन्ध बलियो र सुमधुर बनाइराख्न अलम्नाइ कार्यक्रम गर्दै आइरहेको बताए । पूर्व विद्यार्थीहरुले प्राप्त गरेको सफलताप्रति गर्व लागेको बताउँदै उनीहरुले भविष्यको योजनाप्रति मदत गर्न हामीहरु सदैव तयार रहेको बताए ।’ कार्यक्रम विविध विषयमा छलफल गर्दै समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?