बुद्ध र लुम्बिनीलाई हामीले चिन्न सकेनौंः मन्त्री किराती

लोकपथ
56
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपालीहरुले बुद्ध र लुम्बीनीलाई चिन्न नसकेको बताएका छन् ।

आइतबार ललितपुरको झम्सिखेलमा आयोजित दि अर्गनाइजेशन अफ बुद्धिस्ट मोनास्ट्रीज अफ ललितपुर, नेपालको ४७ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘संसारभरि सबभन्दा बढि बुद्ध धर्मावालम्बीहरु छन् । उनिहरुलाई हामीले लुम्बीनिमा ल्याउन सके त्यहाँ पर्यटकहरु मात्रै होइन, बुद्ध दर्शनको थप विस्तार हुनेछ’ मन्त्री किरातीले भने, ‘पर्यटकको आगमनसँगै देशको आर्थिक उन्नती र मुलुकको समृद्धिमा धेरै ठूलो योगदान पुग्नेछ । जुन देशमा बुद्ध जन्मनुभयो, त्यही देशमा बुद्धलाई चिन्न सकेनौं ।’

कार्यक्रममा मन्त्री किरातीले प्रकृति र मानव सम्पदाको संयोजन नै आजको पर्यटन हुनुपर्ने बताउनुहुँदै नेपाललाई सांस्कृतिक पर्यटकीय राष्ट्रको रुपमा अघि बढाउनुपर्ने समेत बताएका थिए ।

खादा–मालाको साटो जम्मा भयो तीन लाख

मन्त्री किरातीले आफूले मन्त्रीको पदभार ग्रहणकै दिन खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै सहयोग रकम संकलन गरि दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणा गरेका थिए । सो घोषणा अनुसार मन्त्रालयमा राखिएको सहयोग पेटीकामा हालसम्म ३ लाख रुपैयाँ संकलन भइसकेको पनि सार्वनिक गरे ।

‘शोकको कारण खादा माला नलगाउने र त्यस बरारबरको नगद संकलन गरि दुर्गम क्षेत्रको शिक्षा क्षेत्रलाई सहयोग गर्ने घोषणा गरेको थिएँ । त्यसअनुरुप आजसम्म ३ लाख रकम संकलन भइसकेको छ’ उनले भने, ‘एक जना मन्त्रीले खादा माला नलगाउँदा मात्रै यसरी रकम संकलन हुन्छ भने खादा र मालाको नाममा २५ जना मन्त्री तथा देशभरका हजारौं जनप्रतिनिधिहरुले कति अर्बको खादा माला लगाइदोरहेछ त ?’

मन्त्री किरातीले आफू मन्त्रालयको मन्त्री मात्रै रहेको र मन्त्रालय आम नागरिकको रहेको बताउँदै देशको सापेक्षतामा मन्त्रालयलाई संचालन गर्नका लागि सुझाव समेत मागेका थिए । मन्त्री किरातीले सुझाव र जनगुनासो संकलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज संचालनमा ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?