२३ माघ २०७९, सोमवार

तरकारी संकलन केन्द्रबाट किसानलाई लाभ

२०७९,माघ,८,आईतवार १६:००

36
Shares

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ । वडा नं २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन संकलन तथा बिक्री गर्न सहज हुने भएको छ । सो केन्द्र स्थापनाले तरकारी खेतीमा सम्लग्न तीन सयभन्दा बढी किसान लाभान्वित भएका छन् ।

केन्द्र व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय अगुवा किसान जोगबहादुर मडैको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको वडाध्यक्ष प्रमोद मल्लले जानकारी दिए । अहिलेसम्म स्थानीय उत्पादनले बजार नपाउँदा समस्या भएको थियो ।

थोरै मात्रामा उत्पादन गर्ने किसानलाई बजारसम्म आउन खर्चले नपुग्ने हुँदै आएकामा संकलन केन्द्रमार्फत जाँदा पैसा पनि बचत हुने समय पनि खेर नजाने समूहका अध्यक्ष मडैले जानकारी दिए ।

आलिताल–२ को बाँझो जमिन सदुपयोग गरी नगदेबाली, दलहनबाली, बेमौसमी तरकारी खेती, फलफूल खेती, र मसला खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाउने र स्वरोजगार सिर्जना गरी सो वडालाई हरियालीसहित कृषि क्रान्तितिर लैजाने योजनाका साथ संकलन केन्द्र स्थापना गरिएको वडाध्यक्ष मल्लले जानकारी दिए ।

तरकारी संकलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा सम्लग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पु¥याएर बिक्री गर्न सहज हुनाका साथै कैलालीको धनगढीदेखि कोहरपुरसम्म तरकारी पु¥याउन सकिने विश्वास गरिएको छ ।

बजार सहज भएपछि हर्षित यहाँका किसान तरकारी उत्पादनमा हौसिएका छन् । वडाभित्र रहेको अन्य बाँझो जमिन पनि सदपयोग हुने जनाइएको छ ।

प्रकाशित मिति: २०७९,माघ,८,आईतवार १६:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो समय कुल बस्तु आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नवीकरण नभएका बीमालेखहरुका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रा.लि.बीच कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८