काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । सांसद महतोलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको नेपाल प्रहरीका प्रवक्ता टेक प्रसाद राईले लोकपथलाई जानकारी दिए ।
‘गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेपछि हामीले देश भरका जिल्लालाई सर्कुलर जारी गराएका हौँ ।’ प्रवक्ता राईले भने ।
गृह मन्त्रालयले लिखित रूपमा पत्राचार गरेपनि महतोलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । सांसद महतोले पुस २६ गते प्रधानमन्त्रीलाई विश्वाशको मत दिन संसद भवन पनि पुगेका थिए ।
नेकपा एमालेका सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया