काठमाडौं । मधेश प्रदेशबाट निर्वाचित दुईजना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी, (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
महोत्तरीको क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसदद्वयलाई अवीर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया