रजनीकान्तको फिल्म ‘जेलर’को रिलिज मिति सर्‍यो

लोकपथ
169
Shares

काठमाडौं । भारतीय साउथ सिनेमाका सुपरस्टार रजनीकान्त आफ्नो आगामी फिल्म ‘जेलर’ लाई लिएर चर्चामा छन् । फ्यानहरु ‘जेलर’ फिल्मको प्रतिक्षामा छन् । तर, फिल्मको रिलिज मिति लम्बिएपछि फ्यानहरुको पर्खाइ पनि लम्बिएको छ ।

रिपोर्टका अनुसार फिल्मको रिलिज मिति परिवर्तन गरिएको छ । यसअघि यो फिल्म यसै वर्षको गर्मीमा रिलिज हुने भनिएको थियो तर अहिले आएको जानकारी अनुसार फिल्मको रिलिज मिति सारिएको छ ।

चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने कलाकारहरुको व्यस्तताका कारण ‘जेलर’ को छायांकन अझै पूरा हुन नसकेको पनि बताइएको छ । रिपोर्टहरूका अनुसार, निर्माताहरूले अब यो फिल्म अगस्ट ११, २०२३ मा रिलिज गर्ने योजना बनाएका छन्। यो फिल्मलाई नेल्सन दिलीपकुमारले निर्देशन गर्दैछन् ।

‘जेलर’ को बारेमा कुरा गर्दा, यसमा रजनीकान्त जेल अफिसर उर्फ ​​मुथुवेल पाण्डियन उर्फ ​​जेलरको भूमिकामा छन्। फिल्म डार्क कमिक थ्रिलर हो । यस फिल्ममा रजनीकान्तका अलावा मलयालम सुपरस्टार मोहनलाल, कन्नड सुपरस्टार शिव राजकुमार पनि महत्वपूर्ण भूमिकामा छन् । यी बाहेक राम्या कृष्णन, योगी बाबु, वसन्त रवि, विनायकन पनि फिल्ममा सहायक भूमिकामा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?