दश करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव

लोकपथ
14
Shares
Psn v’§fn] g[To b]vfpFb} a]gL, * df3 M a]gLdf cfof]lht ;ftf}F DofUbL dxf];Tjdf Ps v’§fn] g[To b]vfpFb} ckfËutf ePsL rlr{t snfsf/ c~hgf u’?ª . tl:a/ M sdn vqL÷/f;;

म्याग्दी । पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला रु १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा करिब रु १० करोडको कारोबार भएको उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए । अध्यक्ष कटुवालले भने, ‘अपेक्षा गरेअनुसारकै कारोबार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौँ ।’

आयोजकले महोत्सव अवधिभर रु १० करोडको कारोबार गर्ने लक्ष्य लिएको थियो । महोत्सवको अवसरमा प्रदर्शन गरिएका विभिन्न संघसंस्था र जनजातिको झाँकी, वेशभूषा र नृत्यले जिल्लाको कला संस्कृतिलाई चिन्न र जगेर्ना गर्न मद्दत पु¥याएको महोत्सवको सांस्कृतिक विभागका संयोजक सुविन श्रेष्ठले बताए ।

महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुर्ख्यौली नृत्य, एकल र खुला नृत्य प्रतियोगिता, फोटो प्रदर्शनीलगायत आयोजना गरिएको थियो । महोत्सव स्थलमा व्यापारिक र अन्य गरी कूल दुई सय ५८ कक्ष राखिएको थियो ।

ती व्यापारिक कक्षमा समेत उत्साहजनक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा रु एक करोड २४ लाख ८७ हजार आम्दानी र रु एक करोड १५ लाख ७७ हजार दुई सय ११ खर्च भई रु नौ लाख नौ हजार सात सय ८९ बचत हुने अध्यक्ष कटुवालले जानकारी दिए ।

परम्परागत रुपमा लाग्दै आएको मेलालाई व्यवस्थित गर्दै २०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजकत्वमा प्रत्येक तीन–तीन वर्षमा महोत्सव आयोजना हुने गरेको छ । महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गरेका थिए भने समापन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?