देशको अर्थतन्त्र सकरात्मक दिशामा छ : अर्थमन्त्री डा.खतिवडा

काठमाडौं ।  अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रमा बच्चाको दात आउँदा आएको ज्वरो आएको बताएका छन् ।

अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा ज्वरो आएको तर असर खासै नगर्ने बताएका हुन् ।  

सेयर बजारमा विषयमा छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले सेयर बजारमा भएको पुँजीलाई परिचालन गरी उत्पादनमूलक क्षेत्रमा लगाउन सके आर्थिक वृद्धिदरमा सहयोग पुग्ने बताए ।

सेयर बजारका बिज्ञको धारणा लिएर मात्रै निर्णय लिन उनले सुझाव दिएका छन् । उनले सेयर बजारमा लगानी गर्दा कति समय होल्ड गर्न सकिन्छ विचार गरेर मात्रै लगानी गर्न सुझाव दिए । राष्ट्रिय पुँजी निर्माण सेयर बजारलाई बनाउनु पर्ने आफ्नो धारणा उनको रहेको छ । 

अर्थमन्त्री खतिवडाका अनुसार अर्थतन्त्र सकरात्मक दिशामा रहेका कारण आत्तिनु पर्ने अवस्था छैन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?