दुर्घटनाग्रस्त यती विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने

लोकपथ
112
Shares

काठमाडौं । दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ। ब्ल्याक बक्सको प्राविधिक विश्लेषणका लागि फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष पठाउन लागिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले विज्ञसहित ब्ल्याक बक्स फ्रान्स पठाउन लागिको बताएका हुन् ।

ब्ल्याक बक्ससहित दुर्घटना जाँच आयोगका विज्ञ टोली पनि फ्रान्स जानेछन्। आयोगले हालसम्म दुर्घटनाको स्थलगत अनुगमन, आवश्यक कागजात सङ्कलन तथा विज्ञसँग छलफल गरिसकेको छ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान सेती नदीको खोंचमा दुर्घटना भएको थियो। उक्त विमानमा सवार चालक दलका सदस्यसहित ७२ जना सवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?