आगामी रणनीति तय गर्ने मंगलबार पनि शेखर पक्षको बैठक बस्ने

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षको आइतबार बसेको बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डलाई दिइएको विश्वाशको मतको विषयमा छलफल भएको थियो । छलफलमा शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वशको मत दिनु गल्ती भएको बताएका छन् । अब अर्को बैठक मंगलबार पुनः बस्ने नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

‘आज भएको बैठकमा सबै जनाले आआफ्ना धारण राख्नु भयो । यसबाहेक अरु कुनै ठोस निर्णय भएको छैन । अब कसरी अगाडी बढ्ने भन्ने विषयमा मंगलबार बस्ने बैठकले टुंगो लगाउछ ।’ बैठकमा सहभागी नेता केसीले भने ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा लगायत चार जना नेताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?