काठमाडौं । छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको जीप दुर्घटनामा मृत्यु भएका ४ जना प्रति प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले श्रद्धासुमन व्यक्त गरेका छन् । दुर्घटनापछि प्रधानमन्त्री प्रचण्डले आफ्नो फेसबुकमा लेख्दै दु:ख व्यक्त गरेका हुन् ।
आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।
दुर्घटनामा दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते भएका छन् । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया