शेखर पक्षको बैठक, यी विषयमा भयो छलफल

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठक आइतबार बसेको बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

उनका अनुसार यी विषयमा केन्द्रीत भएर समूहका नेताहरुले आ–आफ्नो धारणा राखेका छन् । यस्तै आगामी मंगलबार पुनः बसेर समूहको रणनीति तय गरिने केसीले बताए । ‘आजको बैठकमा आ–आफ्नो विचार दृष्टिकोण राख्ने काम भयो । यसबाहेक अरु कुनै निर्णय भएको छैन ।’, केसीले भने, ‘पर्सी अर्को बैठक बसेर आफ्नो रणनीति तय गछौँ ।’

बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रचण्डलाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?