विवादकाबीच शुरु होला कांग्रेस महासमितिको बैठक ?

काठमाडौं ।  नेपाली कांग्रेसको महासमिति बैठक शुरु हुने भएको छ । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्र्माका अनुसार २९ गते शरु हुने भएको हो ।  देशभरका महासमिति सदस्यहरु अघिल्लो दिन  अर्थात मंसिर २८ गते नै काठमाडौं आइपुग्नेछन् ।

त्यही दिन साँझ राजनीतिकसहितका दस्तावेज पेश गर्ने र १ गतेबाट छलफल थाल्ने तयारी रहेको छ । 

महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पास गरेको छ भने राजनीतिक प्रतिवेदन पेश हुन बाँकी छ ।

विधान मस्यौदामाथि छलफल सकिएको  छ । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति हुन सकेको छैन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?