काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको बताएका छन् । संस्थापनइतर पक्षको बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् ।
आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा लगायत चार जना नेताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका थिए । पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न कोइराला पक्षको बैठक हाल जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया