‘मानन्धरको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत’

लोकपथ
21
Shares
????????, ????????, ??? ??????, ?????????? ???? ???????? ???????? ?????????? ????????? ‘?????????? ??????? ??????????’ ???? ???? ???????? ?????? ??????????? ?????? ??????? ?????? ?????????? ????? (?????? ????????)?? ??????? ????????? ????? ? ??????? ?????? ??????/????

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुआयमिक व्यक्ति स्व लक्ष्मीदास मानन्धरको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताएका छन् ।

भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवं समाजसेवी स्व लक्ष्मीदास मानन्धरको जीवन पुस्तक ‘परिवर्तनका संवाहक लक्ष्मीदास’ को आज विमोचन गर्दै स्व.मानन्धरको जीवन सबैका निम्ति प्रेरणाको स्रोत बन्ने बताएका हुन् ।

‘हरेक व्यक्तिको जीवन फरक–फरक हुन्छ, कुन व्यक्तिले आफ्नो जीवनमा के राम्रो काम ग¥यो भन्ने कुरा जीवनी, आत्मवृत्तान्त, संस्करणबाट थाहा हुने भएकाले नयाँ पुस्तालाई समेत धेरै कुरा थाहा पाउन मद्दत पुग्छ’, उनले भने ।

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पहलमा लक्ष्मीदासलाई राष्ट्रियसभाको सदस्य बनाएको स्मरण गरे । लक्ष्मीदासको जीवन इतिहासको खुला पाना भएको उनको भनाइ थियो । इतिहासमा आफूले खेलेको भूमिका लिपिबद्ध गर्न सके त्यो लिपि जीवनभर बाँचिरहने नेता नेपालले बताए ।

लुम्बिनी विश्वविद्यालयका पूर्वउपकुलपति त्रिरत्न मानन्धरले काठमाडौं) को ठहिटीमा मध्यम परिवारमा जन्मिएका लक्ष्मीदासले आफ्नो बुद्धि, मेहेनत र परिश्रमले एउटा सम्पन्न परिवारको स्थापना गरेको तर्क गरे । स्व.लक्ष्मीदासले सामाजिक, धार्मिक, शैक्षिक र औधोगिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको उनको भनाइ छ ।

पुस्तकका लेखकद्वय लक्ष्मण अधिकारी र शुभेच्छाविन्दु तुलाधरले लक्ष्मीदासको जीवनको संघर्ष र सफलता तथा परोपकारी कार्यले हरेक मानिसलाई जीवनको अर्थ र मूल्य बुझ्न सघाउने बताए । लक्ष्मीदासले आफ्नो जीवनमा गरेका संघर्ष नयाँ पुस्ताका लागि उपयोगी हुने उनीहरुको भनाइ थियो ।

स्व.लक्ष्मीदासका कान्छा छोरा नारायणदास मानन्धरले पुस्तकमा आफ्नो बुवाको जीवनका पाइला, उतारचढाव र महत्वपूर्ण कार्य स्मरण गराउने कैयौँ महत्वपूर्ण सन्दर्भहरू रहेको बताए । उनले लक्ष्मीदासको जीवनीबाट हरेक व्यक्तिलाई समाजसेवी र कर्मयोगी बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

सोही अवसरमा नेपाली भाषाका अभियन्ता एवं साहित्यकार दुर्गालाल श्रेष्ठले लक्ष्मीदासका बारेमा लेखेको कविता वाचन गरेका थिए । सोही अवसरमा पूर्वमन्त्री जीवनराम श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री एवं सांसद वसन्त मानन्धरको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?