काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतोले आफ्नो पार्टी अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताएका छन् ।
मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतोले राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारले चासो नदिएको अरोप लगाएका हुन् ।
उनले संविधान संशोधन र आफ्ना कार्यकर्ता्विरुद्ध लगाएको मुद्दा फिर्ता लिएमात्र सरकारमा जाने बिषयमा सोच्न सकिने बताएका छन् ।
आफूहरुको माग सम्बोधन नभए सडक संघर्ष गर्ने उनको भनाई थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया