प्रदेशस्तरीय भलिबल खेलको उपाधि चितवनलाई

लोकपथ
39
Shares

रामेछाप । रामेछापको मन्थलीमा जारी बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । आज भएको फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

चितवनले रामेछापलाई पहिलो र दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१८, २५–१८ र २५–२३ ले पराजित गरेको हो । प्रतियोगितामा पहिलो हुने चितवन नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले रू दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।

दोस्रो भएको रामेछापले रू एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने तेस्रो भएको सिन्धुपाल्चोकले रू ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै चौथो स्थानको धादिङले रू ३० हजार नगदप्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?