राष्ट्रपति भण्डारीद्वारा चाँगुनारायण मन्दिर अवलोकन

लोकपथ
39
Shares
eQmk’/, & df3 -/f;;_ M /fi6«klt ljBfb]jL e08f/Ln] ljZj;Dkbf ;”rLFdf ;”rLs[t P]ltxfl;s rfFu’gf/fo0f dlGb/ kl/;/df /x]sf] u?8 / g]kfnL gf]6df /x]sf] u?8sf]af/]df gf]6df x]/]/ hfgsf/L lnb} . tl:j/ M /d]z lu/L, /f;;

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्चना गर्दै प्रसाद ग्रहण गरेकी छन् ।

आज चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उनले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरिन् ।

राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिरको ऐतिहासिकता, पुरातात्विक महत्वबारेमा जिज्ञासा राखेकी थिइन् । उनले भूकम्पले भत्किएको मन्दिरको जिर्णोद्वारको अवस्थाबारे समेत जानकारी लिइन् ।

चाँगुनारायण मन्दिरका बारेमा विगतको ऐतिहासिक पक्ष, यहाँका मन्दिर, पूजा विधि, चुनौती र जीर्णोद्वारको अवस्थामा बारेमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी गराएका थिए ।

दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले पनि भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी दिए । मन्दिरको मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले उनलाई टीका, फूल प्रसाद प्रदान गरे ।

नेपाली रुपैयाँ नोटमा छापिएको गरुडको छाप र चाँगुनारायण मन्दिरमा रहेको गरुडको मूर्तिको नोटमा हेरेर त्यसबारेमा राष्ट्रपति भण्डारीले जिज्ञासा राखिन् । उनले चाँगुनारायणमा निजीस्तरबाट सञ्चालित चाँगुनारायण संग्राहलयको समेत अनुगमन गरिन् ।

राष्ट्रपति भण्डारीलाई बागमती प्रदेशसभाका सदस्य सुरेश श्रेष्ठ, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख हीरामणि सुवेदीलगायतले स्वागत गरेका थिए ।

उनीहरुले यहाँको ऐतिहासिक मौलिकता झल्कने सामग्री मायाको चिनोस्वरुप प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?