सबैलाई अनुकूल राष्ट्रपति र सभामुख चाहिएको छ: चित्रबहादुर केसी

लोकपथ
7
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसीले सबैलाई कम्फरटेबल राष्ट्रपति चाहिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बोल्दै केसीले प्रश्न गरे, ‘सबैलाई कम्फरटेबल राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चाहिएको छ ।

के सभामुख र राष्ट्रपतिले दुधको दुध पानीको पानी अनुसार निर्णय गर्न सक्छ ?’ पितृसत्तात्मक सोँचका कारण उपसभामुखका उम्मेदवारलाई सभामुखको उम्मेदवार नबनाइएको टिप्पणी गर्दै उनले महिला भएरै मुक्ताकुमारी यादव र इन्दीरा रानामगरलाई सभामुखको उम्मेदवार नबनाइएको जिकीर गरे ।

केसीले भने, ‘महिलालाई दोस्रो दर्जाको नागरिक मान्ने चलन छ । उहाँहरुलाई सभामुखको उम्मेदवार बनाउनुपर्थ्यो नि । संविधान बनाउँदा बखत जनमोर्चाले भन्दै आएको कुरा महिलाको प्रतिस्पर्धी महिला बनाउनुपर्छ भन्ने हो । उपसभामुखको बखान कृत्रिम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?