काठमाडौं । प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । शनिबारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रश्तावक, समर्थक र सांसदहरुले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो ।
उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर छन् भने नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव रहेकी छन् ।
रानामगरको प्रस्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङदेन छन् । त्यस्तै यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया