चुनावताका सरकारले गरेको सबै प्रतिबद्धता पूरा गर्ने अध्यक्ष दाहालको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको विकल्प नखोज्ने तर यहि सरकारलाई सफल बनाउन बताएका छन् ।

कास्कीमा आयोजना भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दौ उनले वर्तमान सरकारको विकल्प नखोजने तर यहि सरकारलाई सफल बनाउने र देशमा विकास र समृद्धि ल्याउने बताएका हुन् । 

सरकारले शुरुमा भ्रष्टाचारी, सुन तस्करी, सिण्डिकेटबिरुद्ध राम्रो शुरुवात गरेको तर, तार्किक निश्कर्षमा पुर्याउन नसकेको उनले स्वीकार गरेका छन् । यस विषयमा सरकारल थपे समीक्षा गरिरहेको उनले बताएका छन् । 

चुनावताका सरकारले गरेको सबै प्रतिबद्धता पूरा गर्ने अध्यक्ष दाहालको भनाई छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?