देश ऋण र भ्रष्टाचारको महामारीमा डुब्दैछ: अर्जुननरसिंह केसी

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश ऋणको भारी र भ्रष्टाचारको महामारीमा डुब्ने अवस्थामा रहेको चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने हो भने राजनीतिक दलहरूबीच सहमति र सहकार्य अनिवार्य रहेको उल्लेख गरे ।

राष्ट्रिय राजनीतिमा सन्तुलन र संयोजनको व्यवस्थित उपयोग हुनुपर्ने आवश्यकता रहेको भन्दै अगाडी थपे, ‘देशको अर्थतन्त्र दिन दिनै चुनौतीपूर्ण बनिरहेको छ । अन्तर्राष्ट्रिय परिस्थितिमा आमूल परिवर्तन भएको छ । यस्तोमा हामीले भागबण्डाको कुरामात्रै गरेर हुँदैन । राष्ट्रिय महत्वका विषयहरूमा राष्ट्रिय सहमति खोजौँ । संसद्लाई सशक्त र जीवन्त बनाउनका लागि नयाँ शिराबाट अघि बढौँ ।’

संविधानको मर्मबमोजिम उपसभामुखमा मुक्ताकुमारी यादवलाई निर्वाचित गर्नुपर्ने पनि सांसद केसीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?