२३ माघ २०७९, सोमवार

जाँचपास सहज बनाउन बोर्डलाई मन्त्रालयको निर्देशन

२०७९,माघ,७,शनिवार १२:५०

27
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ ।

चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का लागि लगाएको नियमका कारण फिल्मको अग्रिम बुकिङमा समस्या देखिएपछि मन्त्रालयले बक्सअफिस शाखालाई फिल्म जाँचपासमा ढिलाइ नगर्न निर्देशन दिएको हो । मन्त्रालयले बक्सअफिस शाखालाई फिल्मको जाँचपासमा ढिला हुने भएमा शर्त पालना गर्ने प्रतिबद्धता सहित अग्रिम बुकिङका लागि मुभी कोड उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।

अब हल सञ्चालकले सेन्सर अगावै मुभी कोड लिएर बुकिङ खुल्ला गर्न पाउनेछन् । सेन्सर ढिला हुँदा बुकिङ खोल्न समस्या भइरहेकाले सोको न्यूनीकरणका लागि सरकारसँग माग गरिएकामा सोको सुनुवाइ भएको नेपाल चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले बताए । पूर्वअध्यक्ष उदयसहित संघका पदाधिकारीको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगी समस्याका बारेमा जानकारी गराएका थिए ।

गत ११ पुसमा बसेको बोर्डको बैठकले चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तीमा सात दिन अगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै चार दिन अगावै दरखास्त पेस गर्नुपर्ने निर्णय गरेको थियो ।

चलचित्र संघले भने आफ्ना मागसहित राष्ट्रिय भेला गर्दै आन्दोलनको घोषणा गरेको थियो । बोर्डसँग संघले वार्ता नगर्ने भएपछि मन्त्रालयमा नै छलफल भएको थियो ।

प्रकाशित मिति: २०७९,माघ,७,शनिवार १२:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ

काठमाडौं । परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी मुलुकभर विद्युतीय चुलोको प्रवर्द्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार

काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास वैरागीले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ को योजना पूरा गर्ने गरी काम भइरहेको बताएका छन्

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८