एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

लोकपथ
182
Shares

काठमाडौं । गृह मन्त्रालयले नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।

महोत्तरीको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुनबमोजिम पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति उल्लेख गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्ति उल्लेख गरिएको छ ।

‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको ब्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेकपा (एमाले) बाट निर्वाचित सांसद कोइरीमाथि प्रेम बहादुर विकले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए । कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?