काठमाडौंं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले थप हवाई रुट खोलिदिन नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग आग्रह गरेका छन् ।
शुक्रबार मन्त्रालयमा भएको भेटघाटमा मन्त्री किरातीले सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको भन्दै थप हवाई रुट खोलिदिन आग्रह गरेका हुन् ।
मन्त्री किरातीलाई भेट्न भारतीय राजदूत मन्त्रायल पुगेका थिए ।
सो बारे जानकारी दिँदै मन्त्री किरातीले भनेका छन्, ‘नेपालका लागि भारतका राजदूत महामहिम श्री नवीन श्रीवास्तवले आज हामीलाई मन्त्रालयमा भेट गर्नुभयो । भेटवार्तामा हामीले सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको छ । त्यसैले थप हवाई प्रवेश मार्गका लागि अनुरोध महामहिम समक्ष गरियो ।’
सो क्रममा राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैं सकारात्मक हुने बताएको मन्त्री किरातीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया