फोटो प्रतियोगितामा संजोग बुढाथोकी प्रथम

लोकपथ
63
Shares
sf7df8f}F, ^ df3 M g]kfnL ;]gf, hg;Dks{ tyf ;”rgf lgb]{zgfnoåf/f z’qmaf/ cfof]lht kmf]6f] k|ltof]lutfdf bf];|f] k’/:sf/ k|fKt ug{ ;kmn ;+of]h a’9fyf]sL gub;lxt k|df0fkq k|bfg ug{‘x’Fb} anflws[t /yL ;/f]h k|tfk /f0ff . tl:a/ M gf/fo0f Gof}kfg]÷ /f;;

काठमाडौं । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम घोषित भएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा वर्षा शाह दोस्रो र राजकरण महतो तेस्रो भए । उनीहरुले क्रमशः जनही रु ३५ हजार र २५ हजार प्राप्त गरे ।

प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले रु १० राशिसहित सान्त्वना पुरस्कार प्राप्त गरे । उक्त प्रतियोगितामा पुरस्कारका लागि १६ वटा तस्बिर छनोट भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा पुरस्कारका लागि छनोट भएका अन्य प्रतियोगीलाई बलाधिकृत रथी सरोजप्रताप राणाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा सैनिकतर्फ १४ नं बाहिनी प्रथम, विकास निर्माण निर्देशनालय द्वितीय र दुर्गा बक्स गण तृतीय घोषित भए । सैनिक, गैरसैनिक र व्यवसायीबाट उक्त प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा सैनिकतर्फ एक हजार पाँच सय र गैरसैनिकतर्फ एक सय ४५ वटा तस्बिर प्राप्त भएको बताइएको थियो । सोही समारोहमा प्रधानसेनापति शर्माले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित चार दिने फोटो तथा युनिट विशेष प्रदर्शनीको उद्घाटन पनि गरेका थिए ।

प्रदर्शनीमा नेपाली सेनाको गैरवमय इतिहास, जिम्मेवारी, हातहतियार, उपकारण, पोसाकलगायत विभिन्न विधा समेटिएको छ । सेनाको इतिहासदेखि वर्तमानसम्म एउटै थलोबाट सबैलाई जानकारी होस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसर पारेर पछिल्ला वर्षमा यस प्रकारका प्रदर्शनी गर्दै आएको छ । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष महाशिवरात्रि आगामी फागुन ६ गते परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?