बिहेको खाममा कति राखेर दिन्छन् बलिउड सेलिब्रेटी?

मुम्बई । बलिउडमा यतिबेला बिहे नै चर्चामा छ । फिल्मको भन्दा सेलिब्रेटीको बिहेका गसिप धेरै बनिरहेका छन् । बिहेको सिजन नै चलेको छ बलिउडमा । दीपिका–रणवीरपछि प्रियंकाले पनि बिहे गरिन् । यस्तै केमडियन कपिल शर्माले पनि बिहे गर्ने घोषणा गरेका छन् ।

हालै एक शोमा कपिल शर्मासँग अमिताभ बच्चनले कुरा गरिरहेका थिए । त्यही बेला अमिताभले एउटा राज खोलिदिएका छन् । अमिताभले सगुनको खाममा कति रुपैयाँ दिने गर्छन्?

अमिताभले बताए कि, बलिउड सेलिब्रेटीको बिहेमा आउने पाहुनाका लागि खाममा कति रकम राख्ने भन्ने नै समस्या हुन्थ्यो । यसैले पनि जुनियर आर्टिस्टले सिनियरलाई दिन अप्ठेरो समेत मान्ने गर्थे ।

त्यसपछि अहिले बलिउडका हस्तीले के नियम बनाएका छन् भने बिहेको बेला खाममा अब सबैले एक सय एक रुपैयाँ राखिदिने । ठूलादेखि साना कलाकारसँग सबैले यति नै रकम राखिदिने गरेको अमिताभले बताए । यसो गर्दा कसैलाई पनि संकोच नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?