काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन् ।
शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रम मन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताएका हुन् ।
उनले वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गतिहरु रोक्न व्यवसायीहरुको सहयोगको आवश्यकता रहेको बताए । उनले समय अनुसार वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पारदर्शी,प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरुलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भइरहेको बताए । प्रधानमन्त्री दाहालले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ शुरुवात गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने ,‘वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गतिका तथ्यहरु नभएको होइनन् । समय अनुसार यो व्यवसायलाई सम्मानित पारर्दर्शी,प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरुलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भएको छ । अहिले रोजगारी ऐन २०६४ परिर्माजन गर्नुपर्ने आवश्यकता बारेमा र सरकारले श्रमिकका हक हीतलाई उच्च प्राथमिकताका साथ श्रमिकको जीवन र पसिना बगाएर कमाएको सम्पतीको सुरक्षा र सम्मानको निम्ति दोस्रो कार्यकाल प्रधानमन्त्री भएको बेला ध्यान केन्द्रित भएको थियो । श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर ऐन संशोधनदेखि वैदेशिक व्यवसायलाई पारदर्शी सम्मानित बनाउनको लागि कुनै कसर बाँकी राख्नेछैन । मैले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ शुरुवात गर्नुछ । त्यसको लागि सबैको सहयोगको आवश्यकता रहन्छ । व्यवसायीहरुले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरुलाई रोक्न सहयोग गर्न सक्नुहुन्छ । व्यवसायीहरुले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार छ ।’
प्रधानमन्त्री दाहालले वैदेशिक रोजगार व्यवसायीहरुले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरुलाई रोक्न सहयोग गर्न आग्रह गरे । उनले व्यवसायीहरुले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको पनि बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया