उपसभामुखमा रास्वपाकी इन्दिराले दिइन् उम्मेदवारी

लोकपथ
49
Shares

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गरेकी छन् । रास्वपाको शुक्रबार बसेको बैठकले रानामगरलाई उपसभामुखमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको थियो ।

रास्वपाकाे आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी रानामगरलाई सत्ता गठबन्धन दलकोसमेत समर्थन रहेको छ । रानामगरले शुक्रबार अपरान्ह उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

रानामगरलाई रास्वपाकी सांसद सोविता गौतमको प्रस्ताव र एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देन समर्थन गरेका छन् ।

उपसभामुखको आज मनोनयनको कार्यतालिका छ भने भोलिलाई मतदान तोकिएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?