सप्तरी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षका लागि ४ हजार सुरक्षाकर्मी खटाइने भएको छ ।
यही मंसिर २६ गते जनकपुरमा हुने रामजानकी विवाह महोत्सवमा सहभागी हुन मुख्यमन्त्री योगी नेपाल आउन लागेका हुन् ।
प्रदेशका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालका अनुसार धेरै संख्यामा सुरक्षाकर्मी खटाइने भएकाले अन्य प्रदेशबाट समेत सुरक्षाकर्मी जनकपुर ल्याउने तयार भइरहेको छ । उनले भने, ‘प्रदेश
अन्तर्गतका आठ जिल्लाबाहेक प्रदेश नम्बर १ र ३ बाटसमेत सुरक्षाकर्मी आउने भएका छन् ।’
रामजानकी विवाह महोत्सवका लागि मात्रै तीन हजार नेपाल प्रहरी खटिनेछन् । जसमध्ये प्रदेश नम्बर २ को प्रत्येक जिल्लाबाट एक हजार नेपाल प्रहरी खटिनेछन् छ भने बाँकी दुई हजार प्रदेश १ र ३ बाट सुरक्षाकर्मी बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया