दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रर्वन्धकमा लक्ष्मी क्यापिटल

लोकपथ
28
Shares

काठमाडौं । दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनको लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रर्वन्धकमा नियुक्त गरेको छ ।

नियुक्ती सम्वन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैंयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैंयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्रीप्रबन्ध गर्ने सम्वन्धमा उक्त सम्झौंता भएको हो ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?