बाजा बजाउदै बाबुराम बिरुद्ध उम्मेद्वारी दिन पुगे नारायणकाजी

गोरखा ५ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको लागी आज मनोनयन दर्ता भइरहेको छ । पहिलो चरणको निर्वाचन हुने केही जिल्लाहरुको निर्वाचनमा रोचक भिडन्त हुने देखिएको । नेकपा एमाले र माओवादीको बाम गठबन्धनमा सामेल नया शक्ति गोरखा दुईमा संयोजक बाबुराम भट्टराईलाई सो क्षेत्र छोड्न माओवादी तयार नभएपनि गठबन्धन नै नया शक्तिले छोड्यो । नेपाली काँग्रेससँग तालमेल गर्दै बाबुराम भट्टराईले गोरखा दुईबाट नै उम्मेद्वारी दिएका छन् भने उनका प्रतिस्पर्धीका रुपमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ देखिएका छन् । उनले बाजासहित प्रतिनिधीसभा निर्वाचनमा बाम गठबन्धतको तर्फबाट गोरखा २ बाट मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?