प्रतिकूल मौसमले नेपाली आकाशका हवाई उडान प्रभावित, आजै तीन वटा ‘फ्लाईट डाइभर्ट’

लोकपथ
63
Shares

काठमाडौं । प्रतिकूल मौसमका कारण नेपाली आकाशमा हवाई उडान प्रभावित हुन थालेको छ । शुक्रबार आज पनि यसको निरन्तरता रह्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको हो ।

मौसम अनुकूल हुन थालेपछि भने मध्याह्नपछि विमानको उडान र अवतरण सहज हुन थालेको विमानस्थलले जनाएको हो ।

यसअघि भिजिबिलिटी कम हुँदा बिहान नेपाल एयरलाइन्सको जहाज अवतरण गर्न नसकी भारतको कोलकात्तातर्फ पठाउनु परेको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यसैगरी आन्तरिकतर्फको उडानमा नेपालगञ्जबाट काठमाडौंका लागि उडोको श्री एयरलाइन्सको विमान कम भिजिविलिटीका कारण भद्रपुर विमानस्थलमा अवतरण गर्नुपरेको थियो ।

त्यस्तै, भारतको मुम्बइबाट आएको भिस्तारा एयर पनि अवतरण हुनुअघि लामो समय होल्डिङमा परेको थियो । मौसम अनुकूल बन्दै गएपछि उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

https://www.facebook.com/lokpathnepal/videos/524991839695764

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?