सभामुख घिमिरेले राष्ट्रपतिबाट लिए शपथ

लोकपथ
14
Shares

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा सभामुख घिमिरेले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी थिइन् ।

सभामुखको सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

शपथग्रहण लगत्तै उनले लैनचौर स्थित सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । उनले आजै मध्यान्ह १२ः३० मा पद बहाली गर्नेछन् । सभामुखले राष्ट्रपतिसँग सपथ लिने संसदको नियमावलीमा व्यवस्था रहेको छ ।

बिहीबार मात्र उनी सभामुखमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनका दलहरूको बहुमतका साथ घिमिरे सभामुखमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?