काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखबारे निर्णय गर्नका लागि नेपाली कांग्रेसले पदाधिकारी बैठक बसेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बिहान १० बजेदेखि पदाधिकारी बैठक बसेको हो ।
बैठकमा पूर्वपदाधिकारी पनि उपस्थित भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बैठकमा प्रतिनिधिसभाको उपसभामुख उम्मेदवारबारे छलफल हुनेछ । विपक्षी गठबन्धनबाट उपसभामुखको उम्मेदवार कांग्रेसबाटै वा नेकपा एस, लोसपाबाट अघि सार्ने टुंगिसकेको छैन ।
सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी छ । सत्ता गठबन्धनको बैठकले रास्वपालाई उपसभामुख पद दिने निर्णयसमेत गरेको थियो । उपसभामुखको आज मनोनयनको कार्यतालिका छ भने भोलिलाई मतदान तोकिएको छ । बिहीबार भएको सभामुख निर्वाचनमा भने कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे विजयी भइसकेका छन् ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया