उपसभामुखको उम्मेदवार टुंगो लगाउन रास्वपाको बैठक

लोकपथ
39
Shares

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बसेको छ । पार्टीको संसदीय दलको बैठक कार्यालय सिंहदरबारमा बिहान ९ बजेदेखि शुरु भएको हो ।

पार्टीले सत्ता गठबन्धनबाट उपसभामुखमा दाबी गरेको थियो । सत्ता गठबन्धनको बैठकले रास्वपालाई उपसभामुख पद दिने निर्णय समेत गरेको थियो । सोही अनुसार पार्टीले आज संसदीय दलको बैठबाट उपसभामुखको उम्मेदवार टुंगो लगाउन लागेको हो ।

प्रतिनिधि सभाले बिहीबार सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया शुरु गरिएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?