काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ४४० विमान भिजिविलिटी कम हुँदा झापामा आकस्मिक अवतरण गरिएको छ । बिहान ७ बजे नेपालगञ्जबाट उडेको विमान ९ बजेर ६ मिनेटमा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरिएको हो ।
काठमाडौंको भिजिविलिटी कम्तिमा १६ सय मिटर हुनुपर्ने थियो । तर, बिहान १५ सय मिटरमात्रै भएकाले झापामै अवतरण गर्नुपरेको बताइएको छ ।
चार जना चालक दलका सदस्य र ५२ यात्रु बोकेको जहाज शुक्रबार बिहान नेपालगञ्ज विमानस्थलबाट साढे ७ बजे उडेको थियो । काठमाडौं विमानस्थलमा अवतरण गर्न भिजिबिलिटी नपुगेपछि जहाज भद्रपुर गएको श्री एयरलाइन्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया