काठमाडौं । प्रतिनिधि सभाका सभामुखमा देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालय शतिलनिवासमा बिहान ११ बजे उनले शपथ लिने कार्यक्रम तय गरिएको छ ।
शपथग्रहण लगत्तै उनले लैनचौर स्थित सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । उनले आजै मध्यान्ह १२ः३० मा पद बहाली गर्नेछन् ।
सभामुखले राष्ट्रपतिसँग सपथ लिने संसदको नियमावलीमा व्यवस्था रहेको छ ।
बिहीबार मात्र उनी सभामुखमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनका दलहरूको बहुमतका साथ घिमिरे सभामुखमा निर्वाचित भएका थिए । घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन् । प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया