प्रतिनिधिसभाको बैठक शनिबार, सोविताले उपसभामुखमा मनोनयन दर्ता गराउने

लोकपथ
28
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ । बैठकले उपसभामुखको चयन गर्नेछ ।

बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्को बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् ।

सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ । जसअनुसार सत्ता साझेदार दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले आज मनोनयन दर्ता गराउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?