काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक समस्या समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को बैठक आजपनि जारी छ ।
बैठकमा संघ र प्रदेशबीच देखिएका विवाद र समस्याको समाधानबारे छलफल हुनेछ ।
आइतबारको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सूब्बा गुरुङले आफ्नो धारणा राखेका थिए ।
आज (सोमवार)को बैठकमा तीन प्रदेशका मुख्यमन्त्रीहरूले आज धारणा राख्नेछन् ।त्यस्तै आइतवार
को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रूपमा बलियो बनाउन आफैं लाग्नु पर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री ओलीले भने, ‘मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवास जस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्, अहिले तिनलाई व्यवहारिक रूपमै प्रयोग गर्नुपर्दा केही असजिलो महशुस गरेका हौला । खेलमा पस्ने बित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघीयता त्यस्तै नयाँ खेल हो । तर, यसमा हामी च्याम्पियन सावित हुनेछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया