उपसभामुखबारे छलफल गर्न रास्पवाले बोलायो संसदीय दलको बैठक

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

उपसभामुखको बारेमा छलफलका लागि रास्वपाले बैठक बोलाएको एक नेताले जानकारी दिए ।

‘भोलि बिहानको लागि संसदीय दलको बैठक बोलाइएको छ ।’ ती नेताले भने, ‘बैठकमा उपसभामुखको निर्वाचनबारे छलफल हुनेछ ।’

बैठक भोलि बिहान ९ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

सत्ता गठबन्धनको सहमति अनुसार रास्वपाले उपसभामुख पाउने सहमति भएको छ । जसअनुसार कसलाई उपसभामुख बनाउने भन्ने विषयमा छलफल हुनेछ ।

रास्वपाबाट उपसभामुखको तयारीमा रहेकी सांसद सोभिता गौतमले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटघाट गरेकी थिइन् । सो क्रममा दुवै भोलिका लागि तयारी रहन आग्रह गरेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?