चोभार कार दुर्घटना : वेपत्ता खत्रीको शव गोताखोर टोलीले भेटायो

लोकपथ
21
Shares

काठमाडौं । काठमाडौंको चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव भेटिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले शव फेला पारेको हो ।

सशस्त्र प्रहरी बलको विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।

माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिलभर रङको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ बस्ने अन्दाजी ४० बर्षिय राजकुमार खत्री वेपता भएका थिए भने अन्दाजी ४० बर्षिया अम्बिका लामिछाने घाइते भएकी थिइन् ।

सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?