श्रममन्त्रीमाथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छु : गृहमन्त्री

लोकपथ
105
Shares
k|ltlglw;ef a}7sdf pkk|wfgdGqL nfld5fg] sf7df8f}F, @% k’; M pkk|wfg tyf u[xdGqL /lj nfld5fg] ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug'{x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरिह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ यसमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा आफूले पनि देखेको तर सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए । उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने बताए ।

उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । मैले भनिसकेको छु । राज्यका निकायहरुलाई निरिह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउनेछ । गलत काम गरेका मानिसहरु
कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’

म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाउनुभएको छ भन्ने आरोप लगाइएको छ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिनपनि आग्रह गरे ।

श्रममन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको भन्दै उनको विरोध भएको थियो । उनले संलग्न भएको पाए खबर गर्न र संलग्न पाए आफैँ पहिलो कारबाही गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?