२४ माघ २०७९, मंगलवार

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

२०७९,माघ,५,बिहीवार १७:२४

81
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले विश्वासको लिँदा उनको पक्षमा ५७ मत परेको छ । यस्तै विश्वासको मतको विपक्षमा २८ मत परेको छ । आठ राजनीतिक दल र दुई स्वतन्त्र सदस्य गरी ५७ जनाले पक्षमा मतदान गरेका हुन् ।

मुख्यमन्त्री गिरीको पक्षमा नेकपा (एमाले) २९, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका तीन–तीन, नेकपा (एकीकृत समाजवादी)का एक र दुई स्वतन्त्र सदस्यसहित ५८ जना थिए । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछि उनी मतदानमा उपस्थित हुन सकेनन् ।

सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य भगवती घिमिरेले विश्वासको मत भने मुख्यमन्त्री लीला गिरीलाई दिएका छन् । सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका छन् ।

मुख्यमन्त्री गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “प्रदेशको समृद्धि र विकास हामी सबैको साझा लक्ष्य उद्देश्य हुन् । त्यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने, “सबै दललाई मिलाएर अघि बढ्ने छु ।”

प्रकाशित मिति: २०७९,माघ,५,बिहीवार १७:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी। सुदूरपश्चिम प्रदेशसभाका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार (भोलि) मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा

काठमाडौं । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । उद्योग, वन तथा पर्यटन मन्त्रालय आफूले पाउने

ताजा समाचार

आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७
दुई सचिवको जिम्मेवारी हेरफेर
 २०७९,माघ,२३,सोमवार २०:०८